नेप्सेमा भारि अंकको गिरावट, कारोबार १० अर्बमा सिमित

-



     सफल आवाज    
     फागुन २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ फागुन । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबरा नेपाली शेयर बजारमा भारि मात्रामा गिरावट भएको छ ।

पहिलो कारोबारको दिनमा भएको दोहोरो अंकको गिरावटले लगानीकर्ताहरु फेरि पर्ख र हेरको अवश्थामा पुगेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा झरेको छ । नेप्सेमा १.६४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.३१ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमा सबैमा रातो लागेको छ । कुल ३१५ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयरको कारोबार बाट १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रियोन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १ अर्ब १२ करोड ४८ लाख ४९ हजार ९६४ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।