साेमबार सुनको भाउमा सामान्य बृद्धि, चाँदीकाे स्थिर

-



     सफल आवाज    
     फागुन २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ फागुन । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाी बजारमा सुनकाे भाउ सामान्य बढेकाे छ । चाँदीकाे भाउ भने स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रूपैयाँ १०० सयले बढेकाे जनाएकाे छ । चाँदी आइतबार कै भाउमा काराेबार भइरहेकाे छ ।

यसदिन छापावाल सुनमा प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार छापावाल सुन ताेलाको १ लाख ७० हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।

आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार पनि चाँदी सोही मूल्यमा काराेबार भएकाे थियाे ।