अमेरिकी करवृद्धिको जवाफमा इयूले अप्रिल १ देखि ‘प्रतिकारात्मक उपाय’ अवलम्बन गर्ने

-



     सफल आवाज    
     फागुन २८ गते २०८१ मा प्रकाशित



अमेरिकाले स्टील र एल्युमिनियमको आयातमा २५ प्रतिशत कर लगाएपछि युरोपेली आयोगले आगामी अप्रिल १ देखि ‘प्रतिकारात्मक उपाय’ अपनाउने जनाएको छ ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले अमेरिकी करका बारेमा एक वक्तव्यमा भने, “हामी यस कदमप्रति गहिरो खेद प्रकट गर्दछौं साथै ब्रसेल्सले ‘अनुचित व्यापार प्रतिबन्ध’ को प्रतिक्रियामा ‘प्रतिकारको शृङ्खला सुरु गर्ने’ घोषणा गरेको छ। “कर भनेको कर हो ।

तिनीहरू व्यापारको लागि खराब छन्, र उपभोक्ताहरूको लागि अझ खराब छन्। यी शुल्कहरूले आपूर्ति श्रृङ्खलालाई बाधा पुर्याइरहेका छन्। यसले अर्थतन्त्रमा अनिश्चितता ल्याउँछ,” उनले भने। भोन डेर लेयेनले अमेरिकी कर २८ अर्ब अमेरिकी डलर बराबरको रहेको र युरोपेली सङ्घको प्रतिक्रियाले अमेरिकी उत्पादनमा पनि त्यति नै प्रभाव पार्ने बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत करवृद्धिको घोषणा गरे। यो निर्णय स्थानीय समयानुसार बुधबार १ः०० बजे देखि लागू भएको छ । यो संयुक्त राज्य अमेरिका र यसका मुख्य व्यापारिक साझेदारहरू बीचको व्यापार युद्धको नयाँ चरण हो ।

वासिङ्टनले खस्कँदै गएको अमेरिकी स्टिल व्यवसाय र कामदारहरूको सुरक्षाका लागि यो कदम चालेको छ । अमेरिकाले विशेष गरी एशियाली मुलुकबाट तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ ।