नेप्सेमा २१.६३ अंकको गिरावट, ६ अर्ब ८३ करोडकाे काराेबार

-



     सफल आवाज    
     चैत्र ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ चैत्र । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार रकम ७ करोड तल नै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा झरेको छ । नेप्सेमा ०.७९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.११ अंकले घटेर ४५४.९१ विन्दुमा रहेको छ ।

१३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरु राताम्मै भएका छन् । कुल ३१६ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको उनीहरुको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँ ५९ पैसा बराबरको कारोबार भएको छ

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५८ करोड ६६ लाख ८ हजार ३ सय ४८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सामुदायक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य ८.१९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । बैंकको शेयरमूल्य ७.९१ प्रतिशतले घटेको छ ।