
काठमाडौं, ६ चैत्र । देशकाे अर्थतन्त्र अत्यन्त अफ्टेरो स्थितिमा रहेकाे छ । यसका सुधारका लागि केही प्रयास अवस्य गर्न सकिन्छ । वित्तीय क्षेत्रका गतिविधिहरुमा विषेश चासाे राख्ने तथा एमाले कास्कीका उपाध्यक्ष भेषराज वरालले ९ बुँदे सुझाब दिएका छन् ।
वरालले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पाैडेल र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा डा बाबुराम भट्टराइलाई ईंगित गर्दै अर्थतन्त्र सुधारका बुँदाहरु पेश गरेका हुन् । यसाे गर्दा अर्थतन्त्रमा ४० प्रतिशत सुधार आउन सक्ने उनले जनाएका छन् ।
यी हुन् वरालले पेश गरेका ९ बुँदे सुझाब
१.अत्याबश्यक काम बाहेक ठूलो संख्यामा जाने विदेश भ्रमण रोक्नु पर्दछ।
२. राष्ट्रपती, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रदेश प्रमुख, मुख्य सचिव, मुख्यमंत्री, मन्त्रीहरुका सचिवालय सदस्यहरु तथा सल्लाहकारहरुको संख्या घटाउनु पर्दछ।
३. इन्धन सुविधा लगाएत अन्य विभिन्न सुविधाहरु घटाउनु पर्दछ।
४. संघीय सांसद, प्रदेश सांसद, समन्वय समितिका प्रमुख र राज्य द्वारा नियुक्त भएका व्यक्तिहरूका स्वकीय सचिवहरु हटाउनु पर्दछ।
५. पूर्व विशिष्ट व्यक्तिहरूलाई आवश्यकता भन्दा बढी कुनै पनि प्रकारका सेवा सुविधाहरु प्रदान गर्नु हुँदैन।
६. उच्च पदस्थ व्यक्तिहरूलाई सरकारी कोषबाट उपचारार्थ रकम प्रदान गर्नु हुँदैन।
७. राज्यका केही संरचनाहरु लाई एउटा विज्ञ टिम बनाई पुनर्संरचना गर्नु पर्दछ।
८. केही मन्त्रालयहरुमा सामान्य व्यक्तिहरूले पनि सरकारी गाडी प्रयोग गरिएको देखिएको हुँदा त्यस्ता व्यक्तिहरूले प्रयोग गरेका गाडी सुविधाहरु प्रयोगमा वञ्चित गर्नु पर्दछ।
९. अन्य विविध शिर्षकहरुमा भै रहेका अनावस्यक खर्चहरु कटाउनु पर्दछ।
१०. विश्वविद्यालयहरु खोल्ने काम बन्द गरी एउटै प्रकृतिका विश्वविद्यालयहरुलाई मर्ज गरी खर्च घटाउनु पर्दछ किनकी दैनिक जसो करिब २००० विद्यार्थी बाहिरिने क्रम जारी नै छ।
पुनश्चः यति मात्रै गर्न सक्ने हो भने देश अहिलेको स्थितिमा करिब ४०% सुधार आउन सक्ने रहेछ तसर्थ ठूलो छाती बनाएर देशकाे आर्थिक अवस्था केही हद सम्म भए पनि बलियो बनाऔं।वरालकाे फेसबुक वालबाट








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




