
काठमाडौं, ६ चैत्र । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली शेयर बजारमा गिरावटले निरन्तरता पाएको छ ।
नेप्सेमा लगातारको गिरावले कारोबार रकम पनि यसअघिका दिनहरुको जस्तो हुन सकेन । शेयर बजारमा भएको न्युन कारोबारको कारण लगानीकर्ताहरुको मनोवल घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.८८ अंकले घटेको छ । यसरी घटेको नेप्से २६८२.१५ विन्दुमा झरेको छ । नेप्सेमा ०.५५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेर ४४९.९२ विन्दुमा रहेको छ ।
१३ वटा उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३११ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको ९५ करोड ८३ लाख ८२९ कित्ता शेयरको कारोबारबाट ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ ३६ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको २९ करोड ६७ लाख ३२ हजार ६८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गुमाएको छ । संस्थाको शेयर ९.२० प्रतिशतले बढेको छ ।










काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




