
काठमाडौं, ७ चैत्र । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ घटेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेको तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको जानकारी गराएकाे छ ।

यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ७६ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज रुपैयाँ १५ ले घटेर तोलाको २ हजार ३० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




