इरानी जेलमा रहेका एक फ्रान्सेली नागरिक रिहाः म्याक्रोँ

-



     सफल आवाज    
     चैत्र ७ गते २०८१ मा प्रकाशित



पेरिस, ७ चैत । सन् २०२२ को अक्टोबरदेखि इरानले हिरासतमा लिएका फ्रान्सेली नागरिक ओलिभर ग्रोन्डाउ रिहा भएका छन् । उनको रिहाइको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पुष्टि गरेका छन्। म्याक्रोँले ग्रोन्डाउको रिहाइबारे पुष्टि गर्दै भने, “३४ वर्षीय ग्रोन्डेउ ‘स्वतन्त्र भएको र आफ्ना प्रियजनसँग भेट भइसकेका म्याक्रोँले एक्समा जारी एक सन्देशमा उल्लेख गरेका छन्।

उनले इरानमा रहेका अन्य नागरिकको रिहाइको पनि पहल भइरहेको बताए, “इरानले हिरासतमा लिएका अन्य दुई फ्रान्सेली नागरिकको रिहाई सुनिश्चित गर्न हाम्रो प्रयासमा निरन्तरता दिइनेछ । कम हुने छैन।” म्याक्रोँले करिब ९०० दिनको कठिन परीक्षापछि ग्रोन्डाउको रिहाइको अवस्थाबारे थप जानकारी भने दिएका छैनन् । इरानमा रहेका अन्य दुई फ्रान्सेली नागरिकमा शिक्षिका सेसिल कोहलर र उनका साथी ज्याक पेरिस रहेका छन्।

उनीहरूलाई सन् २०२२ को मे महिनामा पक्राउ गरिएको थियो । उनीहरूमाथि मजदुर आन्दोलन चर्काउन खोजेको आरोप लगाइएको छ तर उनीहरूका परिवारले भने त्यसको खण्डन गरेका छन् । विदेशमन्त्री ज्याँ नोएल बारोटले ‘एक्स’ मा एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कने विमानभित्रको ग्रोन्डाउको तस्बिर पोस्ट गर्दै भने, “’इरानमा ८८७ दिनसम्म बन्धक बनाइएका ग्रोन्डाउ आफ्नो परिवार, प्रियजन र आफ्नो देशसँग पुनर्मिलन भएका छन् ।

यो ठूलो राहत हो। सन् २०२२ को अक्टोबरमा दक्षिणी इरानको शिराजबाट ग्रोन्डाउलाई पक्राउ गरिएको थियो र उनलाई ’इरानविरुद्ध षडयन्त्र गरेको’ आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । उनको परिवारले आरोपहरू अस्वीकार गर्दै ग्रोन्डाउलाई फारसी कविताको एक भावुक प्रशंसकको रूपमा वर्णन गरेको छ । उनी विश्व भ्रमणको क्रममा पर्यटन भिसामा इरान गएको पारिवारिक स्रोतले बताएको छ ।