सुन तोलामा रु १ हजारले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     चैत्र ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ चैत्र । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ३५ ले घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।