
South Korean acting President Han Duck-soo speaks during a briefing at the Government Complex in Seoul on March 24, 2025. South Korea's Constitutional Court dismissed the impeachment of Prime Minister Han Duck-soo on March 24, reinstating him as acting president -- a role he was given after the president was suspended for declaring martial law. (Photo by Ahn Young-joon / POOL / AFP)
सियोल, १२ चैत । दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक सोविरुद्धको महाभियोग खारेज गर्दै उनलाई कार्यवाहक राष्ट्रपतिमा पुनः नियुक्त गर्न आदेश दिएको छ ।
राष्ट्रपति युन सुक येओलले डिसेम्बरमा नागरिक शासनलाई उल्टाउने अल्पकालीन प्रयासबारे अदालतको यो फैसला दक्षिण कोरियाको जटिल राजनीतिक सङ्कटको पछिल्लो विकासक्रम हो ।
दक्षिण कोरियाली सांसदहरूले संसद्मा सशस्त्र सैनिकहरूको अवज्ञा गर्दै डिसेम्बर ३ मा युनको सैन्य शासन घोषणालाई अस्वीकार गर्दै उनीविरूद्ध महाभियोग लगाएपछि हानलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो । त्यसको केही हप्तापछि नै सैनिक शासनको पराजय र न्यायिक नियुक्तिको विवादमा उहाँको संलग्नता देखाउँदै उनीविरूद्ध पनि महाभियोग लगाइएको थियो ।
“संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सोविरुद्धको महाभियोगको निवेदन अस्वीकार गर्ने निर्णय गरेको छ,” अदालतले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। अदालतले हानको महाभियोगविरुद्धको सुनुवाईमा पाँच न्यायाधीशमध्ये एक जना मात्र महाभियोगको पक्षमा देखिएका थिए भने दुई जना न्यायाधीशले हानलाई महाभियोग लगाउन सांसदहरूसँग बहुमत नभएकाले यो मुद्दा अदालतमा आउन नहुने तर्क गरेका थिए।
“हानले पदमा रहँदा गरेको कार्यलाई ‘राष्ट्रपतिमार्फत अप्रत्यक्ष रूपमा प्रदान गरिएको जनताको विश्वासमाथि विश्वासघात भएको रूपमा लिन सकिंदैन’,” अदालतको फैसलामा भनिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




