
वासिङ्टन, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वभर अशान्ति निम्त्याउने जोखिम उठाउँदै आफूले भनेका अनुचित व्यापार असन्तुलनहरूलाई सम्बोधन गर्न यस हप्ता थप करहरू घोषणा गर्दा व्यापारिक साझेदारहरूप्रति ‘धेरै दयालु’ हुने बताएा छन् ।
जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति शक्तिको अभूतपूर्व प्रयोग गर्दै आउनुभएका ट्रम्पले मङ्गलबार राति नै ठ्याक्कै कस्ता ‘पारस्परिक भन्सार शुल्क’ लगाइनेछ भनेर घोषणा गर्नसक्ने बताए ।
रिपब्लिकन अर्बपति ट्रम्पले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई ‘विश्वका हरेक देशले लुटेका’ ले पारस्परिक कार्य आवश्यक रहेको कुरामा जोड दिए र संयुक्त राज्य अमेरिकाका लागि ‘मुक्ति दिवस’ को प्रतिज्ञा गरिहरहेका छन् ।
तर उनले सोमबार पत्रकारहरूलाई भने, “हामी धेरै राम्रो हुनेछौँ, तुलनात्मक रूपमा हामी धेरै दयालु हुनेछौँ ।”
आलोचकहरूले यो रणनीतिले विश्वव्यापी व्यापार युद्धको जोखिम उठाउने, चीन, क्यानाडा र युरोपेली सङ्घ (इयु) जस्ता प्रमुख व्यापारिक साझेदारहरूको प्रतिशोधको शृङ्खला प्रतिक्रिया उत्पन्न गर्ने चेतावनी दिएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




