
काठमाडौं, २० चैत्र । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्सेमा सकारात्मक माहाेल देखिएकाे छ । अघिल्लाे दिन सामान्य करेक्सन भएकाेमा त्यसकाे भाेलिपल्टै उकालाे लागेकाे छ ।
नेप्से २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ । फ्लोट इण्डेक्स ०.८३ अंक तथा सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले बढेको नेप्सेले जनाएको छ ।
आज कारोबार रकम घटेको छ। मंगलबार ५ अर्ब ७९ करोडको काराेबार भबृद्धि आज ३१८ वटा कम्पनीको काराेबार भएकाे छ । ५३ हजार ८८४ पटकको कारोबार भएकाे छ । यसबाट ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबारकाे आधारमा सिईडिबी होल्डिङ्गस लिमिटेडकाे ३६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
हिमालयन रि इन्स्योरेन्सको ३५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । ङादी ग्रुप पावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहहरसमध्ये ११ वटामा हरियाे लागेकाे छ । बाँकी २ उपसमूहमा राताे लागेकाे छ ।
सबैभन्दा धेरै व्यापार उपसमूहको परिसूचक ९.४४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको नेप्सेले जनाएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




