सानिमा जीआइसी इन्स्याेरेन्सको एजिएम आज

-



     सफल आवाज    
     चैत्र २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ चैत्र । सानिमा जीआइसी इन्स्याेरेन्स साधारण सभा आज बस्दैछ । कम्पनीले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि आज चैत २१ गते सभा बेालाएकाे हाे ।

सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ ।

सभाले छैटौं साधारण सभाबाट पारित भएकाे २५ प्रतिशत हकप्रद सेयर संशोधन गरेर १७ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमाेदन गर्नेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहलगायतका एजेण्डाहरू पेश हुनेछन् । 

साधारण सभाकाे प्रयोजनका लागि चैत ८ गते बुक क्लोज भइसकेकाे छ । यसमा चैत ७ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम रहेका सेयरधनीले भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन् ।