
वासिङ्टन, २३ चैत । वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ । बुधबार प्रकाशित देश र क्षेत्रहरूको सूचीमा ट्रम्पको ह्वाइट हाउसले हिन्द महासागरको क्षेत्र ला रियुनियनबाट आयातमा ३७ प्रतिशत र उत्तरी अटलान्टिकमा रहेको सानो सेन्ट–पिएरे–एट–मिक्वेलनबाट आउने वस्तुहरूमा ५० प्रतिशत शुल्क लगाउने जनाएको थियो ।
शुक्रबार उपलब्ध गराइएको सूचीको संस्करण अनुसार युरोपेली सङ्घ (इयु) को साझा भन्सार क्षेत्रको हिस्सा तर कर उद्देश्यका लागि छुट्टै क्षेत्र मानिने ला रियुनियनले त्यसको साटो १० प्रतिशत करको सामना गर्नेछ । प्राविधिक रूपमा युरोपेली सङ्घ (इयु) को हिस्सा नभएको सेन्ट–पिएरे–एट–मिक्वेलन पनि त्यही शुल्कको प्रभावमा पर्नेछ ।
यसले ती दुई क्षेत्रलाई अन्य फ्रान्सेली विदेशी भू–भागहरू ग्वाडेलुप, मार्टिनिक, फ्रेन्च गुयाना र मायोटेसँग समान स्थितिमा ल्याउनेछ । ला रियुनियनका क्षेत्रीय अध्यक्ष ह्युगेट बेल्लोले बुधबार प्रारम्भिक कर दरबारे थाहा पाएपछि ट्रम्पलाई ‘अज्ञानी’ भन्दै आलोचना गर्नुभएको थियो भने सेन्ट–पिएरे–एट–मिक्वेलनका सांसद स्टेफन लेनोर्मनले ‘अमेरिकी प्रशासनमा अक्षमता’ भनेर आक्रमण गरेका थिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




