आज सार्वजनिक बिदा, बैंक वित्तीय संस्थामा काराेबार बन्द

-



     सफल आवाज    
     चैत्र २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ चैत्र । आज बैंक वित्तीय संस्थामा आर्थिक काराेबार नहुने भएकाे छ । सरकारले राम नवमीकाे अवसरमा २४ गते आज सार्वजनिक बिदा दिएकोले आर्थिक काराेबार नहुने भएकाे हाे।

चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मनाइदैछ । यस दिन सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द छन् ।  लगानीकर्ता, सरकारी सेवाप्रदायकले भाेलि २५ गते साेमबार शेयर सेयर बजारकाे काराेबार र सरकारी सेवा लिन सक्नेछन् ।