जाँदाजाँदै गभर्नर अधिकारीले भने, ‘ब्याजदर नियन्त्रण र अर्थतन्त्रलाई लयमा ल्यायाैं’

-



     सफल आवाज    
     चैत्र २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंककाे गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै गर्दा पाँच वर्षे कार्यकालका मुख्य कामहरू तथा उपलव्धिहरू प्रकाशमा ल्याएका छन् ।

अधिकारीले पत्रकार सम्मेलन आयाेजना गरेर आफ्नाे ५ वर्षे कर्याकालमा धेरै किसिमका आराेह अवराेहहरूकाे सामना गरेकाे बताएका छन् । सरकारले केन्द्रीय बैंकको स्वायत्ततामाथि सिधै हस्तक्षेप गरेतापनि कोभिड १९ काे कारण अफ्ठेराेमा परेकाे अर्थतन्त्रलाई लयमा ल्याएको उल्लेख गरेका छन् ।

गभर्नर अधिकारीले ५ वर्षे कार्यकालमा ब्याजदर नियन्त्रण गरेकाे बताए । साथै उनले बैंकिङ तरलताकाे प्रभावकारी व्यवस्थापन गरेकाे र ब्याजदर स्थायित्वका लागि काम गरेको बताएका छन् ।

यस्तै, पोलिसी, फ्रेमवर्क, मार्गदर्शन, निर्देशिका, म्यानुअल र कार्यविधि लगायत ११६ वटा व्यवस्था गरिएकाे बताए । उनले ४१ वटा कार्यविधि, १८ मार्गदर्शन, १६ नियमावली–विनियमावली, ११ निर्देशिका, ११ नीति, ९ फ्रेमवर्क, ७ म्यानुअल र ३ अन्य जारी गरेको बताएका छन् ।