अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित

-



     सफल आवाज    
     चैत्र २६ गते २०८१ मा प्रकाशित


FILE - In this Nov. 6, 2017 file photo, the U.N. World Food Program's logo at the agency's headquarters in New York. The World Food Program has won the 2020 Nobel Peace Prize for its efforts to combat hunger and food insecurity around the globe. The announcement was made Friday Oct. 9, 2020 in Oslo by Berit Reiss-Andersen, the chair of the Nobel Committee. (AP Photo/Robert Bumstead, File)


रोम, २६ चैत । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

“यदि कार्यान्वयन गरियो भने यो भोकमरी र चरम भोकमरीको सामना गरिरहेका लाखौँ मानिसलाई मृत्युदण्डको सजाय हुनसक्छ”, डब्लुएफपीले एक्समा एक विज्ञप्तिमा भन्यो । एजेन्सीले आफ्नो जीवन–रक्षक कार्यक्रमहरूको निरन्तर समर्थनका लागि स्पष्टीकरण र अपिल गर्न हाल अमेरिकी सरकारसँग सम्पर्कमा रहेको बताएको छ ।

डब्लुएफपीले संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय दाताहरूबाट प्राप्त गरेको योगदानलाई स्वीकार गरेको छ र कृतज्ञता व्यक्त गरेको छ । साथै एजेन्सीले ‘विश्वभरका भोकमरी र कमजोर समुदायहरूलाई महत्त्वपूर्ण खाद्य सहायता’ प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।

अमेरिकाले अफगानिस्तान, यमन र अन्य १२ देशका लागि खाद्यान्न सहयोगसहित बाँकी रहेका अधिकांश सहायता रद्द गर्ने निर्णय गरेको अमेरिकी विदेश मन्त्रालय तथा एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्टका सहायता स्रोतहरूले बताएका छन् ।