कुमुदिनी हाेम्समा ‘प्रथम एसइई कप २०८१’ सुरु

-



     सफल आवाज    
     चैत्र २६ गते २०८१ मा प्रकाशित



पोखरा, २६ चैत्र । पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आजबाट एसइई दिएर बसेका विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीहरुबीच प्रथम एसइई कप २०८१ मंगलबारबाट सुरू भएकाे छ ।

प्रतियोगितामा फुटसल तथा बास्केटबल समावेस गरिएको छ । बास्केलबल कुमुदिनी विद्यालयकै बास्केटबल कोर्टमा भईरहेको छ भने फुटसल बाहिर खेलाईदैछ ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले एसइई दिएर बसेका विद्यार्थीहरुलाई समय खेर नफाल्न, सौहार्दता बढाउन तथा एकापसमा हेलमेलको मैत्रीपूर्ण वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको बताए ।

पालिखेले विद्यार्थीलाई पढाईको साथसाथै अतिरीक्त क्रियाकलापमा पनि घुलमिल गराउन अत्यन्त आवश्यक भएको बताउँदै खेलकुदको माध्यमबाट एकापसमा परिचय गराउनु पनि रहेको बताए ।

प्रतियोगितामा काठमाडौं, स्याङजा, लमजुङ, म्यग्दी लगायतका जिल्लाहरुबाट ७१ विद्यालयका विद्यार्थी सहभागि भएका छन् । यसमा पुरुष मात्रै सहभागि भएका छन् । बास्केटबल तर्फ ४३ विद्यालयका पुरुष विद्यार्थी सहभागि भएका छन् भने महिलातर्फ ११ विद्यालयका महिला विद्यार्थी सहभागि भएका पालिखेले जानकारी दिए ।

फुटसलमा विजेता टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । दोश्रोले रुपैयाँ १० हजार तथा तेश्रोले रुपैयाँ ५ हजार पाउने छन् ।

बास्केटबल तर्फ पुरुष विजेताले रुपैयाँ १५ हजार, दोश्रोले रुपैयाँ १० हजार र तेश्राेले रूपैयाँ ५ हजार, महिला तर्फ पनि पहिलो, दोश्रो र तेश्रो हुने क्रमसः रुपैया १५ हजार, रुपैयाँ १० हजार र रुपैयाँ ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले रेफ्रीलाई बल दिएर उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले विद्यार्थीको पढाईको साथमा विद्यालयले विद्यार्थीलाई अतिरीक्त क्रियाकलापमा सहभागि गराउनु सबैका लागि उदारणीय विषय भएको बताए ।

कार्यक्रममा प्रतियोगिताका संयोजक तथा व्यवस्थापन संकाय संयोजक विकास ढुङ्गानाले प्रतियोगितामा सहभागि खेलाडी सबैलाई आभार व्यक्त गर्दै अनुशासित भएर प्रतियोगितामा सरिक भई उत्कृष्ट खेल खेल्न अनुरोध गरे ।

विद्यालय व्यस्थापन समितिका सदस्य राज बहादुर गुरुङले विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा सरिक गराई सौहार्दपूर्ण वातावर बनाएकोमा विद्यालयको प्रशंसा गरे ।

उनले अनुशासन खेलको महत्वपूर्ण पाटो रहेकोले सो अनुसार खेल खेल्न अनुरोध गरे । कार्यक्रम विद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले संचालन गरेका थिए ।

कुमुदिनीमा मन्टेश्वरी प्रि टू (यूकेजी) का विद्यार्थीको ग्राजुएशन

कुमुदिनी होम्समा मंगलबार प्रि टू (युकेजी)का विद्यार्थीहरुको ग्राजुएशन सम्पन्न भएको छ । साना बाबुनानीहरुको टोलीले १० वटा मन्त्रोचारण गरेर आरम्भ गरिएको कार्यक्रममा उनीहरुले वर्षभरी विद्यालयका गरेका क्रियाकलाप, विद्यालय बाहिरको अनुभjसिहितको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले १६ व्याचको रुपमा ३५ विद्यार्थीलाई दिक्षित गरिएको बताए । सो अवसरमा पालिखेले विद्यालयलाई विश्वास गरेर बाबुनानीहरुलाई अध्ययनका लागि ल्याउनु भएकोमा आभार व्यक्त गरे । उनले विद्यार्थीको शिक्षण सिकाई तथा सर्वाङ्गिण विकासका लागि कुनै सम्झौता नहुने बताए ।

हामीले समय सापेक्ष अध्ययनको परिपार्टी बसालेका छौं । समय संगसंगैको अध्ययन पद्धति, नविन अन्तराष्ट्रिय प्रयासहरु, अनलान तथा प्रत्यक्ष तालिमहरुमा जोड दिईरहेको बताए । विद्यालयमा थ्रिडिआई तथा आईपिसि र चाईनिज भाषाका कक्षा संचालन भईरहेको जानकारी दिए ।

हामीले हरेक समुदायका विद्यार्थीलाई आफ्नो संस्कार, संस्कृति र पहिचानको लागि जानकार रहने वातावरण बनाएका छौं । अध्यक्ष पालिखेले भने, बेला बेलामा स्वास्थ्य जाँच, कृषि कर्मको अनुभव र यो वर्षबाट महिनाका चार शुक्रबार बुक फ्रि अर्थात ति दिनमा विद्यार्थीलाई योगामा सहभागि गराउन सुरु गरिएको बताए ।

विद्यायमा गण्डकी प्रदेशकै उत्कृष्ट साइन्स ल्याव रहेको र नतिजा पनि उत्कृष्ट भईरहेको बताए । विद्यार्थीले साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका छन् । उत्कृष्टता हासिल गरेमा, जेहेन्दार छन् तर आर्थिक अभाव छ भने स्कलरसिपमा अध्यापन गराईने बताए ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पनि भएकोले १२ पास गरेपछि बीएचएम, बीबीए, बीबीए फिनान्स र इएमबीएसम्म अध्ययनका लागि अन्यत्र कलेज धाउन आवश्यक नभएको बताए ।

अहिले विद्यालयले नयाँ शैक्षिक सत्रका लागि नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलाएको छ । चैतको २२ गते पहिलो चरणको प्रवेश परिक्षा भईसकेको र अर्को प्रवेश परिक्षा चैतको २९ गते हुने पालिखेले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य मन बहादुर भुजेल, मुकेश अधिकारी, शिक्षक सजनी माजु, वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुली र वडा सदस्य प्रकाश कोईराला लगायतको सहभागिता रहेको थियो ।

२५ विद्यालय दाेश्राे चरणमा प्रवेश

यसैबीच, मंगलबार भएका खेलहरूमा २५ विद्यालय दाेश्राे चरणमा प्रवेश गरेका छन् । फुटसलतर्फ १८ विद्यालय दाेश्राे चरणमा प्रवेश गरेका छन् । बास्केटबल तर्फ छात्रा दुइ विद्यालय दाेश्राे चरणमा प्रवेश गरेका छन् भने छात्रतर्फ ५ विद्यालय दाेश्राे चरणमा प्रवेश गरेका छन् ।

यसदिनकाे दाेश्राे चरणमा प्रवेश गरेका टिमहरूमा छात्रा बास्केटबलतर्फ कुमुदिनी हाेम्स मा.वि. र विन्देश्वरी आदर्श मा.वि. छात्र बास्केटबलतर्फ पाँच विद्यालय र फुटसलतर्फ १८ वटा विद्यालय दाेश्राे चरणमा प्रवेश गरेका हुन् ।