
पोखरा, २७ चैत्र । पोखरा ४ गैह्रापाटनमा रहेको विद्यालय कुमुदिनी होम्समा एस् ई ई दिएर बसेका विभिन्न जिल्लाका विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि जारी छ।
बुधवार सम्पन्न फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि मा. वि. (ए) तनहुँ , राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि. (बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि., जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण, महेन्द्र, अमरसिद्धि मा. वि., वोइस्ट पोइन्ट मा. वि.(बेनी ), प्रगति (बि), अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको छ ।

त्यस्तै कुमुदिनी होम्स मा.वि., ग्लोबल कलेजियट, हिमालयन बोर्डिङ, जनप्रकाश मा.वि. (ए) र एस्.ओ.एस्.तेस्रो चरणमा (प्रि -क्वाटर) प्रवेश गरेको छ।
छात्रा बास्केटबलतर्फ बि. एम. जि. मा.वि. र साइनिङ स्टार सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसै गरी छात्र बास्केटबलतर्फ सिर्जना, वेलनन एकेडेमी, जनप्रिय, विन्देश्वरी, भद्रकाली, मेश्रम बाराह मा. वि., भू.पू. सैनिक मा. वि. (वालिङ ), केफ मा. वि., गण्डकी बोर्डिङ, ग्लोबल, गलेश्वर आदर्श मा. वि. म्याग्दी र नेपाल आदर्श दोस्रो चरणमा प्रवेश गरेको छ ।
संस्थापक अध्यक्ष अशाेक पालिखेले भने, याे पहिलाे पटक गरिएकाे भएपिन हामी निकै उत्साही भएका छाैं । यस्ताे कार्यक्रम हुनुपर्छ भन्ने साेंचले बल्ल पूर्णता पाएकाे छ ।
एसइई दिएका विद्यार्थीलाई खालि रहेकाे २ महिनाकाे समय कुनै न कुनै क्रियाकलापसंग जाेड्नुपर्छ । कम्प्युटर, प्रयाेगात्मक सिकाइ तथा खेलमा समावेश गराएर मैत्री वातावण बनाउने हेतुले यसाे गरिएकाे हाे । याे कार्य अरूहरूले पनि गर्नुपर्छ । कास्की लगायत गण्डकीका जिल्लाहरू र काठमाडाैंबाट पनि विद्यार्थी सरिक भएकाे बताए ।
प्रतियोगिता अझै दुई दिनसम्म सञ्चालन हुने कुरा एस्.ई.ई. कप संयोजक विकाश ढुङ्गानाले जानकारी दिए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




