
काठमाडौं, ५ वैशाख । नेको इन्स्याेरेन्सले २ लाख २५ हजार २६१.३५ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउदैछ । कम्पनीले वैशाख १२ गतेदेखि साे शेयर बिक्रीमा ल्याउने भएकाे हाे ।
कम्पनीले संस्थापक समूहको ४३ हजार ७७९.५२ तथा सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता श्सेयर लिलाममा बिक्री गर्न लागेको जनाएकाे छ ।
यसमा लगानी गर्न चाहने लगानीकर्ताले रु १०० लाई आधार मानेर बोलपत्रबाट सहभागी सकिनेछ । संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन पाउनेछन्। यसअघि कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद शेयर बिक्रीमा ल्याएकाे थियो । सो समयमा बिक्री नभएर बाँकी रहेकाे शेयर लिलामीमा बिक्री गर्न लागिएकाे हाे ।
लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल, नक्साल काठमाडौं र विराटनगरमा आवेदन दिन पाउनेछन्। यस्तै नेको इन्स्याेरेन्स झापा, पर्सा, घनुषा, चितवन, मकवानपुर,कास्की लगायतका शाखाहरुबाट आवेदन दिन पाइने छ ।
शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




