
काठमाडौं, १६ वैशाख । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजार ओरालोको यात्रामा गएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६३५.४२ विन्दुमा झरेको छ । नेप्सेमा ०.४३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३८ अंकले घटेर ४४४.१० विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३११ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ ३५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८२ करोड ४३ लाख ७३ हजार १३१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले घटेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




