अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता

-



     सफल आवाज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित



सिड्नी, २१ वैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

६२ वर्षीय अल्बानिज र उनकी हुनेवाला जीवन सङ्गिनी हेडन पुरानो सिड्नीको भित्री भागमा रहेको क्याफे इटालियामा पुग्दा त्यहाँका बासिन्दाले उनीहरूलाई ताली बजाएर स्वागत गरेका थिए ।

अल्बानिजको लेबर पार्टीले १५० सदस्यीय संसद्मा कम्तीमा ८३ सिट जित्ने अनुमान गरिएको आंशिक परिणामले देखाएको छ ।

विपक्षी नेता पिटर डटनको कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले जम्मा ३८ सिट अन्य दलले १२ सिट जितेका छन् भने अन्य १७ सिटको अझै मत परिणाम आइसकेको छैन ।

“हामी हाम्रो दोस्रो कार्यकालमा सरकारका क्रियाकलापलाई ‘अनुशासित र व्यवस्थित’ रूपमा अघि बढाउने पहल गर्नेछौँ,” अल्बानिजले निर्वाचन परिणाम आफ्नो पक्षमा आएको सुनिश्चततापछि क्याफेमा गरिएको पत्रकार सम्मेलनमा भनेन।