
संयुक्त राष्ट्रसङ्घ, २३ वैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको पुनरुत्थान शक्ति गुमाउन थालेपछि, मानवताले सन् २०२४ मा विकासमा अप्रत्याशित र ‘अस्थिर’ मन्दी दर्ता गरेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ ।
जीवनस्तर, स्वास्थ्य र शिक्षाको मापन गर्ने संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडिआई) अनुसार सन् २०२३ सम्ममा विश्व कोभिड–१९ महामारीको आघातबाट बाहिर आएको थियो ।
तर मङ्गलबार जारी गरिएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को वार्षिक प्रतिवेदनअनुसार त्यो पुनरुत्थानले गति गुमाउँदै गरेको देखिन्छ ।
“यदि त्यो ‘अस्थिर’ मन्दी नयाँ सामान्य बन्यो भने सन् २०३० सम्ममा मानव विकासको स्तर हासिल गर्ने आशा दशकौँसम्म तल झर्न सक्छ जसले हाम्रो विश्वलाई कम सुरक्षित, बढी विभाजित र आर्थिक र पारिस्थितिक आघातको जोखिममा पार्न सक्छ”, युएनडिपीका प्रमुख अचिम स्टेनरले चेतावनी दिए।
हालै केही देशले घोषणा गरेको अन्तर्राष्ट्रिय सहायतामा गम्भीर कटौती –
विशेष गरी संयुक्त राज्य अमेरिकामा, जहाँ ट्रम्पले कार्यक्रमहरू कटौती गर्नुभएको छ र मुलुकको मुख्य विदेशी विकास शाखा युएसएआइडी (युएसएड) लाई विघटन गर्नुभएको छ–यस समस्यालाई अझ बढाउने स्टेनरले एएफपीलाई एक अन्तर्वार्तामा बताए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




