
काठमाडौं, २३ वैशाख । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्से उकालाेकाे यात्रामा गएकाे छ । नेप्से ओरालाे लागेकाे पाँच दिनपछि उकालाेकाे यात्रामा लागेकाे हाे ।
नेप्से परिसूचक १.०३ अंकले बढेर २६१४.६७ विन्दुमा पुगेकाे छ । रुपैयाँ ८ अर्ब ७४ करोड बढीको शेयर कारोबार भएको छ ।
यसदिन ४ वटा कम्पनीकाे सकारात्मक सर्किट लेबलमा कारोबार भएकाे छ । एउटामा नकारात्मक सर्किट लागेको छ ।

ट्रेडिङ र हाइड्रोपावर समूहमा उत्साह बढेकाे छ। बितेका ५ दिनपछि आज शेयर बजार उकालाे लागेकाे । यसले लगानीकर्ताकाे मनाेबल बढेकाे छ ।
यसदिन ३ सय १८ कम्पनीहरुको २ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको हाे।
सबैभन्दा बढी रुपैयाँ ९२ करोड ८९ लाखकाे कारोबार गर्नेमा सानिमा माई हाइड्रोपावर रहेकाे छ । यसपछि क्रमशः ङादी ग्रुप पावर र राधी हाइड्रोपावर रहेका छन् ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




