
Oplus_131072
काठमाडौं, २४ वैशाख । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीको सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा अघिल्लाे पटककाे भन्दा बढेकाे हाे ।
चैत मसान्तसम्म विद्युत बिक्री गरेर १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा २२८.२५ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा ६ करोड १ लाख रुपैयाँ कमाएकाे थियाे।
कम्पनीको खुद नाफा ५ हजार ७९९.८८ प्रतिशतले बढेको छ। गएकाे वर्षकाे तेस्रो त्रैमाससम्म ५७ लाख रुपैयाँ मात्र रहेको खुद नाफा, यस चालु आर्थिक वर्षको सोही अवधिसमा ३४ करोड १८ लाख पुगेको छ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेपछि तथा खर्च घटेकाेले कारण खुद नाफामा सुधार भएकाे हो। प्रतिशेयर आम्दानी पनि ११ रुपैयाँ ४३ पैसा बढेर ११ रुपैयाँ ८५ पैसा रहेकाे छ। प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २१.०९ गुणा छ। ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३६ करोड ७८ लाख रुपैयाँ छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




