
काठमाडौं, २५ वैशाख । साताकाे शेयर कराेबार हुने पाँचाै दिन बिहिबार नेपाली शेयर बजारमा करेक्सन भएकाे छ ।
आज नेप्से सूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा रहेकाे छ ।
यसदिन ११ अर्ब ६५ करोड बढीको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार ४ वटा कम्पनीमा सकारात्क सर्किट लागेकाे छ । फाइनान्स समूहमा वृद्धि भएकाे छ ।
यतिबेला मुलुकमा नयाँ गभर्नरको प्रतीक्षा भईरहेकाे अवश्था छ । करेक्सन भएपनि सकारात्मक संकेतहरु देखिएका छन् । तर गभर्नरकाे नियुक्ती भने अझैं भएकाे छैन ।
पछिल्ला केही दिनयता हाइड्रोपावर समूहका कम्पनीहरुमा राम्रो वृद्धि भइरहेको छ ।
मूल्यसँगै कारोबार रकममा समेत आकर्षक बढोत्तरी छ । सबै समूह एकसाथ बढ्न नसके पनि पालैपालो बढ्ने संकेतहरु पनि देखिएका छन् ।
आज ३१५ कम्पनीको शेयर काराेबनर भएकाे छ । ३ करोड ७ लाख बढी कित्ता शेयर कारोबार भएको छ ।
काराेबारमा ङादी ग्रुप पावर अगाडि रहेकाे छ । जस्काे ७८ करोड ४५ लाख रुपैयाँभन्दा बढीकाे कारोबार भएकाे छ ।
यस्तै धेरै काराेबार गर्नेहरुकाे दोस्रो र तेस्रोमा क्रमशः सानिमा माई हाइड्रोपावर र युनिभर्सल पावर रहेकाे छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




