रुस-युक्रेन वार्ता : जेलेनस्कीद्वारा ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह

-



     सफल आवाज    
     वैशाख ३० गते २०८२ मा प्रकाशित



किएभ, ३० वैशाख । टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्की भ्रमण गर्ने अवसर खोज्न आग्रह गरेका छन्।

एक भिडियो सन्देशमा युक्रेनी राष्ट्रपतिले वार्ताका लागि टर्की जान तयार रहेको बताए। एक्समा पोस्ट गरिएको सन्देशमा जेलेन्स्कीले ‘रुसी गोलाबारी र आक्रमणहरू जारी रहेको’ पनि आरोप लगाए।

युक्रेनले कूटनीतिलाई समर्थन गरेको उल्लेख गर्दै उनले अमेरिकी राष्ट्रपतिले बैठकलाई समर्थन गर्ने र यसमा सहभागी हुने अवसर पाउने आशा व्यक्त गरे ।