
काठमाडौं, ३१ वैशाख । माण्डु हाइड्रोपावरकाे आम्दानी घटेकाे छ ।
कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट २० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ।
यो गत वर्षकाे सोही अवधिकोभन्दा ६४.८२ प्रतिशत कम हो। गएकाे वर्ष सोही अवधिमन कम्पनीले ५८ करोड २० लाख आम्दानी गरेको थियो।
कम्पनीको खुद नाफा पनि घटेको छ। खुद नाफा ३२.१८ प्रतिशत घटेर १५ करोड २ लाख रुपैयाँ रहेकाे छ ।
कुल आम्दानी २३.८९ प्रतिशतले घटेको छ । सञ्चालन नाफा २४.०८ प्रतिशतले घटेको छ। वित्तीय खर्च २८.४० प्रतिशतले घटेको छ।
प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९७ पैसा घटेर १४ रुपैयाँ ६९ रहेको छ। नेटवर्थ १४६ रुपैयाँ १० पैसा छ । मूल्य आम्दानी रेसियाे ५९.६९ गुणा छ।
कम्पनीको १ अर्ब ३६ करोड ३६ लाख चुक्ता पूँजी रहेको छ । जगेडामा ६२ करोड ८६ लाख रुपैयाँ रहेकाे छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




