ट्रेड टावरकाे आईपीओ जेठ १४ गतेदेखि खुल्दै

-



     सफल आवाज    
     जेठ ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ जेठ । ट्रेड टावर लिमिटेडकाे शेयर (आईपीओ) जेठ १४ गतेदेखि खुलाईने भएकाे छ ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि शेयर खुलाउन लागेकाे हाे ।

कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे थियो।

यसमा समध्ये ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सर्वसाधारणका रहेकाे छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरीएकाे थियाे ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा छिटोमा जेठ १९ गतेसम्म आवेदन दिन पाईनेछ । ढिलाेमा जेठ २८ गतेसम्म दिन सकिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।