नेपाल टेलिकमको नाफा र प्रतिशेयर आम्दानी घट्याे

-



     सफल आवाज    
     जेठ ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । नेपाल टेलिकमकाे नाफा यसपालि घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम भएकाे छ।

चैत मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४८.६७ प्रतिशतले थाेरै हो। गएकाे वर्ष सोही अवधिमा नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो।

कम्पनीको आम्दानी ०.६४ प्रतिशतले घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ रहेकाे छ। वित्तीय आम्दानी ४६.०२ प्रतिशत घटेको छ । कुल आम्दानी ८.८९ प्रतिशतले घटेको छ।

प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९६ पैसा घटेर २१ रुपैयाँ ५ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ४२.७४ गुणा छ।