
काठमाडौं, १२ जेठ । बाह्र वर्षीया प्रदीप्ता बडूले अङ्ग्रेजी भाषामा लेखेकाे ‘डेड अर अलाइभ’ नामक उपन्यास सार्वजनिक भएको छ । भाषा आयोगका पूर्वअध्यक्ष प्राडा लवदेव अवस्थीले एक कार्यक्रमबीच उक्त कृतिको विमोचन गरे।
पाठशाला फाउन्डेशन नेपालमा कक्षा ८ मा अध्ययनरत बडूको उक्त उपन्यास आवरण प्रकाशनले प्रकाशित गरेको हो । सो उपन्यास लेखिका बडूले कोभिड–१९ को समयमा भोगेको अनुभूतिमा आधारित सचित्र अध्याय पुस्तक हो ।
सो अवसरमा प्राडा अवस्थीले कोभिड–१९ को बेला बाल मस्तिष्कले भोगेको कटु अनुभवलाई प्रदीप्ताले कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको र उहाँमा प्रतिभाको प्रवाह प्रचुर रहेको बताए।
बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले देशका कुनाकुनामा रहेका बाल प्रतिभाको खोजी गरी अगाडि ल्याउनुपर्नेमा जोड दिए।
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेले उपन्यासमा साहसिक यात्रा, मानवीय समवेदना र स्वैरकल्पनाको सुन्दर मिश्रण रहेको बताए।
आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले प्रदीप्तामा अद्वितीय लेखन कलाको क्षमता रहेको विचार राख्दै उनलाई प्रकाशकका तर्फबाट प्रशंसापत्र प्रदान गरे।
क्याप्टेन वेद उप्रेतीले प्रदीप्ता सुन्दर सुदूरपश्चिमबाट फक्रेकी बालप्रतिभा भएको बताए।
कृतिकारका पिता कैलाश बडूले छोरी सानैदेखि भावुक स्वभावकी र आँटेको कुरा गरेरै छाड्ने आँटिली भएको बताए।
पाठशाला नेपाल फाउन्डेशनका संस्थापक इश्वरमणि अधिकारीले आफ्नो विद्यालयमा प्रदीप्ता जस्ता बाल प्रतिभा हुनुले विद्यालयको गरिमा बढाएको विचार राखे।
साहित्यकार जया बुढाथोकीले उपन्यास निकै पठनीय भएको बताइन्।
विद्यालयका प्रधानाध्यापक विश्वनाथ कँडेलले प्रदीप्ता अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताए।
उपन्यासकार प्रदीप्ता बडूले आफ्नो लेखकीय अनुभूति सुनाउँदै पहिलो कृति बुबा कैलाशको जन्मदिनमै उपहार दिन पाएकामा गौरवको अनुभूति मिलेको बताइन्।
साहित्यकार एवं कृतिकारकी हजुरआमा हेमन्ती जोशीले नातिनीले आफ्नै पदचिन्ह पच्छ्याउँदै साहित्यिक यात्रा सुरु गरेकाेमा खुशी व्यक्त गरिन्।
बीस खण्डमा विभक्त उक्त उपन्यासमा अक्रिनको कलाकारिता रहेको छ ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




