निफ्राकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ २५ गते २०८२ मा प्रकाशित



काठमाडौं, २५ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जेठ १८ गतेदेखि निष्काशन गरेकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। बैंकले ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्काशन गरेकाे हाे ।

वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ काे प्रतिऋणपत्र ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरिएककाे हाे । यसमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरले बाँडफाँट गरिने भएकाे छ । २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ।

सर्वसाधारणका लािग रहेकाे ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। सर्वसाधारणका लागि १९ लाख कित्ता रहेकाे छ । यसमा उनीहरले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र बढीमा १० लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि सेबाेनबाट इजाजत लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरु तथा ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन सकिनेछ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।