हिम स्टार उर्जाकाे आईपीओमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     जेठ ३० गते २०८२ मा प्रकाशित



काठमाडौं, ३० जेठ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि आईपीओ खुलाएकाे छ। कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाइएकाे हाे ।

कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर खुलाएकाे हाे । यसमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।

यसमा ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गा।विस वडा नं. १, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

सर्वसाधारण लगानीकर्ताहरुका लागि रहेकाे शेयरको १० प्रतिशतले हुने ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता साधारण वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ । यसकाे प्रतिकित्ता दर ज्१ सय रहेकाे छ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका जनताले असार १३ गतेसम्म र ढीलाेमा असार २९ गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १३ गतेसम्म आवेदन पाउनेछन्।

स्थानियले सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन पाउने भएका छन्। साथै बिक्री प्रबन्धकको वेभसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साेबाेनबाट अनुमति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धककम एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।