सुन ताेलाकाे २ लाख नजिक, चाँदीकाे भाउ पनि बढ्याे

-



     सफल आवाज    
     जेठ ३० गते २०८२ मा प्रकाशित



काठमाडौं, ३० जेठ । लगातार सुनचाँदी भाउ बढीरहेकाे छ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालाे लागि रहेकाे छ ।

बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको भउामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक ताेला सुनको भाउ रु एक लाख ९७ हजार १०० कायम भएको छ । एक तोला चाँदीकाे भाउ रु दुई हजार १६५ मा कायम भएकाे छ ।

गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।