राप्ती हाइड्रोकाे हकप्रद शेयरमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     असार १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत हकप्रद खुलाएकाे हाे ।

कम्पनीका अनुसार कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेुसियाेमा हकप्रद शेयर निष्काशन गरिएकाे हाे । जसमा ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ६१ लाख २७ हजार ९३८ कित्ता शेयर निष्काशन गरिएकाे छ ।

शेयर निष्काशनकाे प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुकक्लोज गरिसकेकाे छ । जेठ ५ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी भएका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। यसमा असार २२ गतेसम्म आवेदन दिन सकिने भएकाे छ।

लगानीका लागि बिक्री प्रबन्धक, मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन पाइनेछ। साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन पाइनेछ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।