
काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडको आइपीओ आज बाँडफाँट गरेकाे छ । साे शेयर बिक्री प्रबन्धक रहेकाे लक्ष्मी सनराइज क्यापिटलकाे कार्यालयमा बिहान बाँडफाँट गरिकाे हाे ।
कम्पनीले गएकाे जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ खुलाएकाे थियो।
कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरकाे माग गरेका थिए । उनीहरुमध्ये १४ हजार ८९७ आवेदन रद्द भएकाे क्यापिटलले जनाएकाे छ । २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत गरिएकाे थियाे ।
शेरमा मागभन्दा बढी आवेदन परेकाेले गोलाप्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको हाे । यसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको छ।








काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा… 




