‘ग्लोबल आइएमई समुन्नत योजना २’ बिक्रीमा आउदै

-



     सफल आवाज    
     असार १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ असार । ग्लोबल आइएमई क्यापिटल क्यापिटलले असार २२ गतेदेखि सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई बिक्रीमा ल्याउने भएकाे छ ।

यसकाे प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। याे १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो। जाे ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ ।

कुल १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये १.५ प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक रहेकाे ग्लोबल आइएमई क्यापिटलका लागि रहेकाे छ । १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पूँजीको रुपमा राखीने छ । बाँकी रहने १० करोड २० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ । यसमा १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ।

यस योजनाको इकाईमा असार २५ गतेसम्म आवेदन दिन पाइने छ। ताेकिएकाे अवधिमा पूरा इकाई बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।