
काठमाडौं, १ असार । नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य बढेर झन् रेकर्डस्तर नजिक पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।

पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर रेकर्डस्तर नजिक पुगेको हो । हालसम्म छापावाल सुनको उच्च मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ रहेकाे छ ।
यस दिन पनि चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा नै स्थिर भएको छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर चाँदीको कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतिताेला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा… 




