माबिलुङ इनर्जीले पायाे आईपीओ निष्काशनकाे अनुमति

-



     सफल आवाज    
     असार २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ असार । माबिलुङ इनर्जी लिमिटेडले आईपीओ निष्काशनकाे अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्नका लाग अनुमति दिएको हाे ।

बोर्डबाट शेयर खुलाउने अनुमति पाएपछि कम्पनीले जारी पूँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्काशन गर्नेछ । जस अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर खुलाइने भएकाे ५ ।

कम्पनीका अनुसार साे शेयर आयोजन प्राभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि निष्काशन गरिनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।