जोशी हाइड्रोपावरकाे हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     असार ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ असार । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ गते, आइतबार बुकक्लोज गर्ने बताएकाे छ ।

शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आजसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्।

कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर खुलाउने भएकाे छ। हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ६.५ कित्ताको रेसियाेमा हकप्रद शेयर खुलाइने भएकाे छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड १४ लाख १० हजार बराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर खुलाउने भएकाे छ । कम्पनीको अहिले चुक्ता पूँजी ३७ करोड १४ लाख रहेको छ।