स्वस्तिक लघुवित्तले पायाे आइपिओ बिक्रीकाे अनुमति

-



     सफल आवाज    
     असार ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ असार । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्रीकाे अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई आज शेयर निष्कासनकाे अनुमति दिएको हाे ।

स्वस्तिक लघुवित्तले शेयर निष्कासनकाे अनुमित पाएसँगै चालु आर्थिक वर्षमा शेयर निष्कासनकाे अनुमति पाउने कम्पनीहरुकाे संख्या १२ पुगेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा शेयर निष्कासनकाे अनुमति पाउनेहरु न्युन रहेका थिए । आर्थिक वर्ष २०७९/८० मा ४२ कम्पनीले अनुमति पाएका थिए। चालु आर्थिक वर्ष सकिनै लाग्दा साे संख्या दर्जन मात्रै पुगेकाे छ ।  

सेबाेनले स्वस्तिकका लागि दुई करोड ३१ लाख रुपैयाँ बराबरको दुई लाख ३१ हजार कित्ता शेयर खुलाउन अनुमति दिएकाे जनाइएकाे छ ।

अब स्वस्तिकले प्रतिकित्ता रुपैयाँ १०० अंकित मूल्यमा शेयर खुलाउनेछ । शेयर निष्कासन गर्नका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त भएकाे छ।