शुक्रबार सुनचाँदीकाे भाउ घट्याे

-



     सफल आवाज    
     असार ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ असार । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको भाउमा बिहीबारदेखि सामान्य गिरावट भएकाे छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा रु ४०० र चाँदीमा रु २५ ले घटेकाेमा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु ८०० र रु ५० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९४ हाजर ७०० सोही परिमाणको चाँदीको मोल रु दुई हजार १५० निर्धारण भएको छ ।

बिहीबार प्रतितोला सुन रु एक लाख ९५ हजार ५०० र चाँदी रु दुई हजार २०० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।