
काठमाडौं, ७ असार । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश श्रेष्ठले कृषिको आधुनीकिकरण र व्यवसायीकरणका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादन वृद्धि गर्न नीतिगत सुधारको आवश्यकता औँल्याए।
कृषि क्षेत्रमा यन्त्रीकरण, बजारीकरण, भण्डारणको अभाव हुन नदिन विद्यमान समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले सरकारले उत्पादनको आधारमा कृषकलाई सहुलियत तथा अनुदानको व्यवस्था गर्नुपर्ने बताए।
मुलुकमा कृषि, पर्यटन, पूर्वाधार तथा उद्योग क्षेत्रलेबेरोजगार युवालई रोजगारीका अवसर सृजना गर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक पुँजी व्यवस्थापनका लागि वाणिज्य बैंकले क्षेत्रीय विशिष्टताका आधारमा लगानी गर्नुपर्ने धारणा राखे।
डा श्रेष्ठले वितरणमुखी बजेटलाई सुधार गर्न रु तीन करोड भन्दा कम लागतका परियोजना समावेश नगर्ने नीति राखिएको प्रष्ट पारे।
नविल बैंकका प्रमुख कार्यकारी मनोज ज्ञवालीले पुँजी सञ्चय तथा लगानी विस्तार गर्न बैंक तथा वित्तीय संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आमजनताले निक्षेप सङ्कलन गरेको रकमलाई बैंकले कर्जा प्रवाह गर्दा धितो सुरक्षालाई ध्यान दिनुपर्नेमा जोड दिए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




