
संयुक्त राष्ट्रसङ्घ, ९ असार । आफ्नो प्रभाव बदनाम भएको र बजेट चकनाचुर भएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा आलोचनाको आँधीको सामना गरिरहेको छ । साथै यसले ध्रुवीकृत तथा द्वन्द्वग्रस्त संसारलाई यो पहिले भन्दा बढी महत्त्वपूर्ण छ भनी विश्वस्त पार्ने प्रयास गरिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घका एक सय ९३ सदस्य राष्ट्रले बिहीबार सङ्गठनको आधारभूत सन्धि, संयुक्त राष्ट्रसङ्घ बडापत्रमा सन् १९४५ जुन २६ मा सान फ्रान्सिस्कोमा हस्ताक्षर भएको दिन मनाउनेछन् । अनुमोदनपछि संयुक्त राष्ट्रसङ्घ अक्टोबर २४ मा अस्तित्वमा आयो । यो वार्षिकोत्सव त्यस समयमा आएको छ जतिबेला विश्व निकायले बहुआयामिक सङ्कटको सामना गरिरहेको छ र यसको भविष्यका बारेमा प्रश्नहरू खडा गरेको छ ।
“शीतयुद्धको अन्त्य भएदेखि हामीले रुवान्डाको नरसंहारदेखि इराक युद्धसम्मका मामिलाहरूमा सङ्गठनको सङ्घर्ष देखेका छौँ”, इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक रिचर्ड गोवानले भन्नुभयो, “जब प्रत्येक ठुलो सङ्कट आउँछ, टिप्पणीकारहरूले संयुक्त राष्ट्रसङ्घ समाप्त भएको घोषणा गर्छन् । तर अझै पनि यो जीवित छ ।”
युक्रेन र गाजामा भएका प्रमुख द्वन्द्वहरूमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को कार्य गर्न असफल भएकामा ‘गहिरो निराश’ भएका धेरै देशलाई औँल्याउँदै उहाँले स्वीकार गर्नुभयो, “यसो भने यो विशेष गरी नराम्रो क्षण हो ।” त्यो निष्क्रियता मुख्यतया परिषद्का पाँच स्थायी सदस्यहरू–बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिकाको भिटो शक्तिको कारण हो । उनीहरूका प्रतिस्पर्धी स्वार्थहरू छन् ।
“समग्रमा संयुक्त राष्ट्रसङ्घ प्रणालीको विश्वसनीयताको सङ्कट छ र सङ्गठनका सदस्यहरूसँग यसलाई बचाउनका लागि स्रोत वा राजनीतिक ऊर्जा छ कि छैन भन्ने स्पष्ट छैन”, गोवानले भन्नुभयो । फ्रान्सेली अन्तर्राष्ट्रिय र रणनीतिक मामिला संस्था








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




