
काठमाडौं, १५ असार । माबिलुङ इनर्जीले असार २२ गतेदेखि आइपीओ बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ खुलाउने भएकाे हाे ।
कम्पनीका अनुसार जारी पुँजी रुपैयाँ ३८ करोड ५८ लाख २४ हजार काे ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३० रुपैयाँ बराबरको आइपीओ बिक्रीकाे अनुमति लिइएकाे हाे ।
रुपैयाँ १ सय अंकित दरमा ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजनाबाट प्रभावित संखुवासभाकाे मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थायी बसोबास गरिरहेका जनताका लागि रहेकाे छ ।
सर्वसाधारणका लागि खुलाइने शेयरबाट १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता शेयरका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले घटीमा १० तथा बढीमा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
लगानीका लागि स्थानीय जनताले साउन ४ गतेसम्म आवेदन दिन पाउने समय रहेकाे छ । ताेकिएकाे अवधिसम्ममा पूर्ण आवेदन नपरेकाे खण्डमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ४ गतेसम्म आवेदन दिनुपर्नेछ ।
स्थानीय जनताले ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला, मादि नगरपालिका वडा नं. ७ बाट आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाउनेछन् । शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेकाे छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




