
वीरगञ्ज, १७ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट ४ खर्ब ३४ अर्ब २६ करोड बराबरको मालसामान आयात भएकाे छ । यसमा कुल आयातको ७६ दशमलव ८० प्रतिशत भारतबाट आयात गरिएकाे छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा भारतसँग हुने गरेको बताए। यही नाकाबाट वैदेशिक व्यापार भारतसँग जोडिएको छ । भारतपछि धेरै सामान आयात हुने देश अर्जेन्टिना रहेकाे छ ।
चालु आवको ११ महिनामा अर्जेेन्टिनाबाट ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान आयात भएकाे छ । सामान आठ दशमलव २७ प्रतिशतले आयात भएकाे देखिन्छ । चीनबाट २८ अर्ब ८६ करोडको सामान भित्रिएकाे छ ।
चीनबाट आयात हुनेको हिस्सा एक दशमलव २२ प्रतिशत रहेकाे छ । ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाका भएरु पाँच खर्ब ६५ अर्ब ४२ करोडकाे सामान आयात भएकाे छ ।
चालु आवको ११ महिनामा ९१ अर्ब ५१ करोडकाे वस्तु तथा सामान विदेशमा निर्यात भएको छ । ११ महिनामा ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको पाइएकाे छ । भारतमा जाने हिस्सा ९५ दशमलव ०५ प्रतिशत रहेकाे छ । योअवधिमा ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ ।








काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




