विकाश हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     असार १८ गते २०८२ मा प्रकाशित



काठमाडौं, १८ असार । विकाश हाइड्रोपावरकाे शेयर (आईपीओ) मा आजदेखि आवेदन खुला गरिएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ खुलाएकाे हाे ।

जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गरेकाे हाे । यसबाट ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका जनता र ३ लाख ५४ हजार ५५० कित्ता विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेकाे छ।

कम्पनीले दोस्रो चरणमा ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेकाे र बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेकाे हाे ।

शेयरमा घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ भने असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । साे अविधमा पूरा आवेदन नपरेमा असार ३२ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।