स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ९ गते २०८२ मा प्रकाशित



काठमाडौं, ९ साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्थाकाे शेयर (आईपीओ) मा आवेदन दिका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले असार २७ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि शेयर खुलाएएकाे थियाे।

संस्थाले जारी पूँजीको ४० प्रतिशतले हुने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेकाे हाे । यसबाट १ हजार १५५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ ।

यस्तै ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । रु २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि रहेकाे छ ।

यसअघि लगानीकर्ताका लागि साउन ९ गतेसम्म आवेदन दिन मिति ताेकिएकाे थियाे । वैदेशिक रोजगारमा रहेकाहरुले घटीमा १० कित्ता र बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।