बुङ्गल हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     श्रावण २६ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ असार । बुङ्गल हाइड्रोले लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे पाएको थियो। यसमा ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ ।

आयोजना प्रभावित क्षेत्रका जनताका लागि छुट्याइएको शेयरबाट ६५ प्रतिशत सुदूर पश्चिम, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७० र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १० का बासिन्दाहरुका लागि रहेकाे छ । बाँकी रहने ३५ प्रतिशत बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि रहेकाे छ।

सर्वसाधारणका लागि छुट्याइएको २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुला गरिएकाे हाे । शेयर घटीमा १० र बढीमा २० हजार कित्ता माग गर्न सकिनेछ ।

स्थानियले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।