विकाश हाईड्रोपावरकाे आईपीओ बाँडफाँट सम्पन्न

-



     सफल आवाज    
     असार २९ गते २०८२ मा प्रकाशित



काठमाडौं, २९ असार । विकाश हाईड्रोपावर कम्पनीकाे शेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा रुपैयाँ २९ करोड ४२ लाख ७६ हजार बराबरको २९ लाख ४२ हजार ७६० कित्ता शेयर गएकाे असार १८ गतेदेखि बिक्रीमा ल्याएकाे थियाे ।

शेयरमा २१ लाख ५० हजार ६७२ जना लगानीकर्ताहरुले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयरका माग गरेका थिए । यसमा २० लाख ५६ हजार २०७ आवेदन स्वीकृत भएा जनाइको छ । ९४ हजार ४४६ आवेदन भने रद्द गरिएकाे छ ।

प्रभु क्यापिटलका अनुसार आईपीओमा मागभन्दा बढी आवेदन परेकाेले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको हाे ।